नेपालमा सुशासनका मुख्य चुनौतीहरू
-
नीतिगत र राजनीतिक:
- नीतिगत स्थिरता कायम गर्नु।
- राजनीतिक र प्रशासन बीचको सम्बन्ध र सीमा निर्धारण गर्नु।
- सङ्घीय प्रणालीलाई सफल बनाउनु।
- राष्ट्रिय एकता तथा अखण्डता कायम राख्नु।
-
प्रशासनिक र सेवा प्रवाह:
- प्रशासनिक क्षमता, तटस्थता र पारदर्शिता अभिवृद्धि गर्नु।
- नवीन प्रविधिको प्रयोग र विस्तार गर्नु।
- सार्वजनिक प्रशासनलाई जनमैत्री बनाउनु।
- प्रशासनिक क्षेत्रको साख जोगाउनु।
-
न्याय, नैतिकता र अधिकार:
- न्याय प्रणालीलाई स्वच्छ, तटस्थ र निष्पक्ष बनाउनु।
- नैतिकता, इमानदारिता र सद्चरित्रता अभिवृद्धि गर्नु।
- मानव अधिकारको प्रत्याभूति गराउनु।
- विविधताको सम्मान गर्नु।
-
विकास र स्रोत व्यवस्थापन:
- विकास प्रक्रियामा जनसहभागिता अभिवृद्धि गर्नु।
- विकासप्रति नागरिकको स्वामित्व र अपनत्व बढाउनु।
- प्राकृतिक स्रोत साधनको प्रभावकारी प्रयोग गर्नु।
- सार्वजनिक स्रोतबाट प्राप्त नतिजालाई अधिकतम बनाउनु।


0 Comments