🪔 बत्तीको उज्यालो, मखमलीको सुगन्ध र तिहारको मिठास!
प्रकृतिका हरियाली, काग-कुकुरको निष्ठा, गाई-गोरुको सेवा र लक्ष्मीपूजाको आराधनासँग जोडिएको हाम्रो मौलिक पर्व तिहार नेपाली संस्कृति, आपसी सद्भाव र पारिवारिक मिलनको अनुपम सङ्गम हो। देउ्यालीको झिलीमिली दीप प्रज्वलनले तपाईँको जीवनबाट अन्धकारका सबै काला बादलहरू पन्छाएर सुख, शान्ति र प्रगतिको उज्यालो छाओस्।
दीपावलीका यी रङ्गीचङ्गी दियो र मखमली-सयपत्रीको सुगन्धझैँ तपाईँको जीवन सधैँ उज्यालो र खुसियालीले सुवासित बनिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
शुभ तिहार! 🌸🪔✨
राजेन्द्र राना
सिम्ता गाउँपालिका–८, सुर्खेत


0 Comments