Saturday, May 31, 2025
⌕

सुशासन (Good Governance)

 

सुशासन (Good Governance) 

​जनतालाई केन्द्रविन्दुमा राखी शासकीय गतिविधि सञ्चालन गर्दा प्रभावकारिता, गुणस्तरीयता, पारदर्शिता र जवाफदेहिताका साथै जनसन्तुष्टि पूरा गर्ने गरी गरिने शासन नै सुशासन हो।



​सुशासनलाई असल शासन, राम्रो शासन, प्रभावकारी शासन, गुणस्तरीय शासन, जनअपेक्षित शासन तथा विधिको शासन आदि नामले पनि चिनिन्छ।

  • ​राजनीतिक क्षेत्रमा: जनताले चुनेको लोकतान्त्रिक शासन व्यवस्था हुनु।
  • ​प्रशासनिक क्षेत्रमा: कर्मचारी र सरकारी निकाय जनताप्रति उत्तरदायी र पारदर्शी हुनु।
  • ​व्यवस्थापकीय क्षेत्रमा: कामकारबाही चुस्त, कुशल र नतिजामुखी हुनु।
  • ​आर्थिक क्षेत्रमा: बजेट र खर्च प्रणाली खुला, पारदर्शी र उदार हुनु।
  • ​नैतिक क्षेत्रमा: समाज र प्रशासनमा सदाचार, इमानदारिता र राम्रो चरित्र हुनु।
  • ​सामाजिक क्षेत्रमा: कसैलाई भेदभाव नगर्ने समतामूलक समाज निर्माण हुनु।
  • ​विकासको क्षेत्रमा: नागरिकमा शिक्षा र चेतनाको विकास हुनु।

​​सुशासन भनेको समग्र शासन प्रणालीमा कानुनी, पारदर्शी, जनमुखी, उत्तरदायी, सक्षम र न्यायपूर्ण तरिकाले जनतालाई छिटो-छरितो सेवा दिने व्यवस्था हो।

Post a Comment

0 Comments